अन्तराष्ट्रिय मुवाँथाई खेलाडी शंकर धमलाको बिशेष पहलमा धादिङमा मुवाँथाई कार्यसमिती गठन,अध्यक्षमा मिलन तामाङ चयन


  • दिव्यदर्शन
  • शुक्रबार, साउन १२ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ । साउन १२
धादिङको नीलकण्ठ नगरपालिका ११ ज्यामरुङ स्थायी घर भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय मुवाँथाई खेलाडी शंकर धमलाको बिशेष पहलमा धादिङबेशीमा आज एक कार्यक्रमकाबीच मुवाँथाई धादिङ जिल्ला संघको प्रथम अधिबेशन तथा भेला सम्पन्न भएको छ ।
उक्त भेलाले मुवाँथाई जिल्ला शाखा धादिङको अध्यक्षमा मिलन तामाङलाई चयन गरेको छ ।
त्यस्तै जिल्ला खेलकुद विकास समिति धादिङको कार्यालयमा भएको जिल्ला भेलाले उपाध्यक्षमा सबिना तामाङ र मुकेश लुईटेल खत्री, सचिवमा इश्वरी प्रसाद आचार्य, कोषाध्यक्षमा अर्जुन तिमल्सिना र सदस्यहरुमा किरण बिक, सुनिता भण्डारी, सारिका धमला, स्नेह श्रेष्ठलाई चयन गरेको छ ।


भेलाका प्रमुख अतिथि तथा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले शुभकामना दिँनुहुदै जिल्ला शाखा चलायमान बनाउ आग्रह गर्नुभएको छ ।त्यस्तै अन्तराष्ट्रियस्तरका मुवाँथाई खेलाडी शंकर धमलाले आफनो मन्तब्य राख्नुहुदै अब धादिङबाट पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय मुवाँथाई खेलाडी उत्पादन गर्ने उदेश्यले जिल्लामा मुवाँथाई कार्यसमिती बनाएको बताउनुभयो । उहाँले खेल र खेलाडिको माध्यमबाट पनि देशलाई योगदान दिन र संसारमा नाम चिनाउन सकिने भएकाले कार्यसमितीमा रहेका सम्पूर्णमा अनुशासित भएर लाग्न सुझाव दिनुभयो । मार्सलआर्ट अन्तरगत पर्ने मुवाँथाई राष्ट्रिय खेलकुद परिसदमा दर्ता भएको खेल विधा हो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web