शहीद लखन गाउँपालिकाका किसानले घरमै अरिङ्गाल पाल्न थाले


  • दिव्यदर्शन
  • मंगलबार, साउन २ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ । गोरखाको शहीद लखन गाउँपालिकाका किसानले घरमै अरिङ्गाल पाल्न थालेका छन् । अरिङ्गालले जङ्गलमा बनाएको गोलालाई घर छेउमा लगेर वडा नम्बर ४, ५ र ६ का केही किसानले पालेका छन् ।

अरिङ्गालको लार्भा तारेर सितनको रूपमा खानेहरू बढ्दै गएपछि आयआर्जनको वैकल्पिक स्रोतका रूपमा त्यस क्षेत्रका किसानले अरिङ्गाल पाल्न थालेका हुन् । शहीद लखन– ६ घैरुङका विनोद थापामगरले विगत १५ वर्षदेखि अरिङ्गाल पाल्ने र त्यसको लार्भा बेचेर आम्दानी गर्दै आउनुभएको छ ।

‘अरिङ्गालले मानिस र अन्य घरपालुवा जनावरलाई चिलेर बिरामी बनाएको र कतिपय अवस्थामा मान्छेको ज्यानैसमेत गएको हामीले देख्दैरसुन्दै आएका छौँ । मौरी तथा अरिङ्गालका खिलमा मेलिटिन र एपामिन नामक पदार्थ रहेको हुन्छ ।’

मेलिटिन विषालु पदार्थ भएकाले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र मार्ने काम गर्छ भने एपामिन रक्तनली हुँदै दिमागसम्म पुग्ने र रक्तसञ्चारमा अवरोध गर्ने अनुसन्धानहरूमा पाइएको छ ।

निकै आक्रामक, समूहमा बस्ने र कसैले हमला गरेको भेउ पाएमा सामूहिकरूपमै चिलेर प्रतिकार गर्ने स्वभावको अरिङ्गालको बथानलाई घर छेउछाउमै लगेर पाल्ने र गोला बिक्री गरेर आर्यआर्जनसमेत भइरहेको सुन्दा धेरैलाई अचम्म लाग्न पनि सक्छ ।

किसानले अरिङ्गाल पालेर आम्दानी लिन थालेको आफूले पनि थाहा पाएको शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web