धादिङ, साउन १
धादिङको धुनीबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका बासिन्दाले काठमाडौंको फोहोर व्यवस्थापन गर्न रोक लगाएका छन् ।
यसअघि सरकार र काठमाडौं महानगरसँग भएका सहमति लामो समय हुँदा पनि कार्यान्वयन नभएको भन्दै स्थानियद्धारा आज बिहान फोहोर व्यवस्थापन गर्न रोक लगाएका हुन् । फोहोर बोकेर ल्याण्डफिल्ड साइट जादैँ गरेका गाडीहरु स्थानीयको अवरोधका कारण बन्चरेडाँडा र सिसडोलको बीचमा रोकिएका हुन् ।
सहमतिका नाममा आफूहरुलाई पटक–पटक झुक्याइएको आरोप स्थानियको छ । सरकारले यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर कुहिने फोहोर मात्र व्यवस्थापन गर्ने लगायतका सहमति गरेको थियो । तर अहिले महानगरले वर्गीकरण विना फोहोर संकलन गर्दै आएकोले फोहोर बोकेर आएका गाडीहरु बञ्चरेडाँडा र सिसडोलको बीचमै रोकेर राखेको धुनीवेसी नगरपालिका वडा नं १ का वडाध्यक्ष मानबहादुर तामाङले टोल टोलको खबर डट कमलाई जानकारी दिनुभयो । आफुहरुको माग पुरा नभए उक्त गाडीलाई फोहोर विर्सजन गर्न नदिने र शान्तिपूर्ण आन्दोलन गर्ने पनि उहाँले जानकारी दिनुभएको छ ।