धादिङमा केहि दिन यता डेँगु संक्रमित बढ्दै,आज मात्र ३४ जना थपिए


  • दिव्यदर्शन
  • सोमबार, साउन १ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, साउन १
पछिल्लो केहि दिन यता धादिङमा डेंगु संक्रमण हुनेको संख्या बढ्दै जान थालेको छ ।
धादिङ सहित देशैभर केहि दिन यता डेँगु संक्रमणका बिरामी बढ्न थालेको हो । धादिङमा आज मात्रै ३४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १५ जना पुरुष र १९ जना महिला रहेका छन् । संक्रमित भएका मध्ये नीलकण्ठ नगरपालिकाका ११ जना र ज्वालामुखी गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । डेंगु संक्रमणको जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङले सुरक्षित रहन आग्रह गर्दै आएको छ । त्यस्तै पूरा बाहुला भएका लुगा लगाउन, झुल भित्र मात्र सुत्न, झ्यालढोकामा जाली राख्न, घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन आग्रह गरेको छ । त्यस्तै नीलकण्ठ नगरपालिका, धादिङ अस्पताल धादिङ, धादिङ सोसियल भोलेन्टियर लगायतका सम्बन्धित निकायहरुले बजार क्षेत्रका घरवरपरका खाल्डाखुल्डी पुर्न, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्न, साँझ बिहान करेसाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web