बालबालिकालाई सहयोग


  • दिव्यदर्शन
  • सोमबार, साउन १ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ नर्सिङधाममा गुरुकुल शिक्षा अध्ययन गर्दै गरेका बालबालिकालाई सहयोग गरिएको छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठसहित उनका दाजुभाईको परिवारले बालबालिकालाई डस्ना, तन्ना र सिरान उपलब्ध गराएका हुन् । बुबा डिलबहादुर श्रेष्ठ र आमा पदम कुमारी श्रेष्ठको सम्झनामा ५० थान डस्ना, ५० थान तन्ना र सिरानी वितरण गरिएको श्रेष्ठले बताए ।

पर्यटकीय स्थलको रुपमा परिचित नर्सिङधाममा घुमघामको लागि पुग्दा त्यहाँ अध्ययतरत बालबालिकाको बसोबासको अवस्था कमजोर देखेकाले बुबाआमाको सम्झनामा बालबालिकालाई सहयोग गरिएको श्रेष्ठले बताए । सहयोग हस्तान्तरण गर्न वडा अध्यक्ष श्रेष्ठसहित उनका दाईहरु विष्णुलाल श्रेष्ठ र कृष्ण कुमार श्रेष्ठका सपरिवार नर्सिङधाम पुगेका थिए । जाडो महिना लागेपछि बालबालिकाका लाग सिरक पनि उपलब्ध गराउने उनीहरुले बताएका छन् ।

धाममा पुग्ने भक्तजनहरुलाई पनि पानीको समस्या रहेकोले खानेपानीको सुविधाका लागि नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा स्थापना गरिएको वडा अध्यक्ष अक्षयकोषबाट ३२ एमएमको ६ सय मिटर पाइप उपलब्ध गराउने भएका छन् ।

पाइप खरिदका लागि धादिङबेसी व्यवसायीहरु अशोक अधिकारी, अनिल केसी र टंक कुमार श्रेष्ठले पनि सहयोग गर्ने भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web