काठमाडौं,वैशाख १७ । वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई शनिबार निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ।
निर्वाचन कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते भएको मनोनयनपत्र दर्तामाथि जाँचबुझ, फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएपछि शनिबार निर्वाचन चिह्न प्रदान गरिएको हो।
राष्ट्रिय मान्यताप्राप्त छ वटा, जिल्लागतरूपमा मान्यताप्राप्त विभिन्न दल र स्वतन्त्रतर्फका उम्मेदवारलाई सम्बन्धित पालिकाका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न प्रदान गरेको हो।