राप्रपा अध्यक्ष लिङ्देनको नुवाकोट आएर प्रश्न- सेर बहादुर देउवालाई कति समय थप्दा देश बन्छ?


  • दिव्यदर्शन
  • शुक्रबार, बैशाख १६ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

नुवाकोट,वैशाख १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, माओवादी र काङ्ग्रेसलाई भोट नदिन आग्रह गरेका छन् । सेरबहादुर, प्रचण्डका पार्टीलाई भोट दिनु साढेले दुध दिनु भने जस्तो भएको बताए । साढेले जति कन्याएपनि,जति भाडा थापेपनि दुध नदिए जस्तै हालका यी राजनीतिक नेतृत्वले देशको बिकास गर्न नसक्ने ठोकुवा गरे । ‘तीसौ बर्ष हात लाग्दा यिनिहरुले के गर्न सके भन्नुहोस् त?’ प्रश्न गरे ।

‘किन हाम्रो देशमा युवावर्गले टाउकोमा हातले ठोकेर बिहे गरेको भोलिपल्टै वैदेशिक रोजगारीमा जानुपर्यो?’ नेता लिङदेनले प्रश्न गर्दै भने- ‘यी सब आर्थिक असक्षमता राजनीतिको उपज होइन ?’ त्यसैले अब देशमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अभाव भैसक्यो।’

शुक्रबार लिखु गाउँपालिकामा भएको पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै गाउँघरमा अहिले भोट माग्न आउनेलाई भोट दिएर गल्ती नगर्न स्थानीयलाई सुझाएका हुन।

पटकपटक ‘एकपटक हामीलाई सहयोग गर्नुस्’ भन्दै भाषण सुरु गरेका लिङदेनले जनता आफ्नु देवीदेउता भएकाले आफुहरुलाई भने सबैले सहयोग गरिदिन अपिल गरे । देश झन्झन् गरिब बन्दै गएको बताउदै तीन तहको निर्वाचनले झन राष्ट्रलाई गरिबी तर्फ धकेलिएको बताए । किसानहरुको समस्या समाधान झन पेचिलो बन्दै गएको बताउदै एक बोरा मल पाउन किन सकेनन्,? प्रश्न गर्दै सबै दोष असक्षम राजनीति भएको स्पष्ट पारे ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web