हुम्लामा म्यादी प्रहरीको मृत्यु


  • दिव्यदर्शन
  • बिहिबार, बैशाख १५ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

हुम्ला, वैशाख १५ । हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्युभएको छ । सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाले जानकारी दिए ।

सर्केगाड गाउँपालिका वडा ६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षिय जस बहादुर रोकायाको मृत्युभएको प्रहरी नायव उपरीक्षक ओझाले बताए । साथीको कोठामा झ्याल ढोका बन्द गरेर भुइ मृत्युभएको अवस्थामा भेटिएको उहाँले बताए ।

उनले भने, अहिले आफु घट्ना स्थलमा पुगेको र मृतयुभएको कारण खुल्न नसकेको बताउनुभयो । अनुसन्धान हुने ओझाले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web