शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय


  • दिव्यदर्शन
  • बुधबार, बैशाख १४ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौँ,वैशाख १४ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्को बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web