प्युठानका ३ पालिकामा गठवन्धनवाटै एक्लियो माओबादी


  • दिव्यदर्शन
  • मंगलबार, बैशाख १३ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

प्यूठान,वैशाख १३ । गठबन्धनभित्रको सकस प्युठानका पालिकाहरुमा छरपस्ट भयो । आशन्न स्थानीय निर्वाचनमा जिल्लाका नौ मध्ये आंशिक पालिकामा मात्रै गठबन्धनबीच गुट र उपगुटसहित तालमेल भयो ।

जिल्लाभर गठबन्धन गर्ने नेताहरुको प्रयास प्युठानमा सफल हुन सकेन  । जसका कारण जिल्लाका तीन स्थानीय तहमा सत्तासाझेदार नेकपा माओवादी केन्द्र गठबन्धनबाटै एक्लिएको छ । झिमरुक , मल्लरानी र ऐरावती गाउँपालिकामा माओवादीले एक्लै चुनाव लड्दैछ । जसका लागि मनोनयन दर्ता गराईसकेको छ।

झिमरुक गाउँपालिकामा अध्यक्ष पदका लागि पित बहादुर एमसी, उपाध्यक्ष पदका लागि रुपमा जिसीको उम्मेदवारी परेको छ । वडा अध्यक्ष पदका लागि १ नं. वडामा रविन्द्र केसी, २ नं. वडामा रतन खड्का, ३ नं. वडामा धनिराम जैसी, ४ नं. वडाा प्रेम पुन, ५ नं. वडामा दल बहादुर जिसी, ६ नं. वडामा नारायण प्रसाद श्रेष्ठ, ७ नं. वडामा भक्त बहादुर जिसी र ८ नं. वडामा तुलस बस्नेतको उम्मेदवारी परेको छ ।

त्यसैगरी ऐरावतीमा माओवादीले पालिका उपाध्यक्षमा उम्मेदवारी दिएको छैन । उसले अध्यक्ष पदका लागि बुद्ध बहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । ६ नं. वडा अध्यक्षमा पनि उम्मेदवारी दिएको छैन । माओवादी केन्द्रले १ नम्वरमा द्रोण प्रसाद पाण्डे, २ नम्वरमा भिमेस घर्तिमगर, ३ नम्वरमा ठग बहादुर शाही, ४ नम्वरमा भोटमान पुन, ५ मा नवराज श्रेष्ठको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web