गुल्मी,वैशाख १२ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीमा उम्मेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । २ नगर १० गाउँपालिका गरि १२ वटा स्थानीय तहका प्रमुख उपप्रमुख ९३ वटै वडाअध्यक्ष पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।
नेकपा (एमाले) रेसुङ्गा नगरपालिकाको प्रमुखमा राजेन्द्र पाण्डे र उपप्रमुखमा रीता पाण्डेले मनोनयन दर्ता गराएका छन् ।नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति खिलध्वजी पन्थी प्रमुखमा र उपप्रमुखमा अमृता कुँवरले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै मुसिकोट नगरपालिकामा नेकपा (एमाले) जीवन खरेल प्रमुख र उपप्रमुखमा गंगा श्रेष्ठको मनोनयन दर्ता गराएका छन् भने गठबन्धनबाट कांग्रेसका हरिनारायण सापकोटा र उपप्रमुखमा नेकपा एकिकृत समाजबादीका नेता श्रीराम महतको मनोनयन दर्ता गराएका हुन् । यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिकामा एमालेबाट अध्यक्षका लागि रामजी ढकाल उपाध्यक्षमा मञ्जु दर्लामी, कांग्रेसबाट बेदबहादुर थापाले अध्यक्षमा र उपाध्यक्षमा जनमोर्चाबाट तारा थापाले मनोनयन दर्ता भएको छ ।
यस्तै स्वतन्त्र अध्यक्षमा घनश्याम ढकाल र उपाध्यक्षमा रमेश पाण्डेले मनोनयन दर्ता गराएका छन् । सत्यवती गाउँपालिकामा अध्यक्षमा टीकाराम पाण्डे र उपाध्यक्षमा निरमाया राहादी रहेकी छन् । कांग्रेसबाट अध्यक्षमा पारीश्वर ढकाल, उपाध्यक्षमा तेजकुमारी थापाले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै राष्ट्रिय जनमोर्चाबाट ओमबहादुर कुँवर र स्वतन्त्रबाट ठगप्रसाद शर्माले अध्यक्षमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।