काठमाडौ,वैशाख १२ । टोखा नगरपालिका वडा नम्बर १ झोरका समाजवादीका वडा अध्यक्ष समेत दावेदार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा समाजवादी टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष दावेदार महेश्वर अधिकारी एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेशसंगै अधिकारीले मुलकको बिकाश गर्ने पार्टी एमालेमात्रै भएकाले आफूले गलत बाटो त्यागेको बताए ।
समाजवादी पार्टीबाट सर्बसम्मतीबाट वडाअध्यक्षमा सिफारीस भएका ईन्जिनियर अधिकारीले आज एमालेको तर्फबाट वडा सदस्यमा नाम दर्ता गराएका छन् ।