नुवाकोट,वैशाख ११ । नुवाकोटको पञ्चकन्यामा एमालेबाट अध्यक्षमा हालै नेपाली काङ्ग्रेस परित्याग गरेका यमबहादुर थापा उम्मेदवार भएका छन् । केहि समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा जाने हल्ला चलिरहेकै बेला नेकपा एमालेमा समाहित थापाले अध्यक्षमा उम्मेदवारी पाएपछि पार्टीमा लामो समय लागि परेका कतिपय एमालेका नेताकार्यकर्ताले आश्चर्य व्यक्त गरेका छन् ।
एमाले पञ्चकन्या उपाध्यक्षमा उर्मिला भण्डारी उम्मेदवार भएकी छिन् । नेकपा एमालेले शनिबार गरेको निर्णय अनुसार पञ्चकन्या गाउँपालिकामा एमालेका तर्फबाट थापा र भण्डारी उम्मेदवार भएका हुन् ।
भण्डारी एमालेकै नेतृ हुन । अध्यक्ष उम्मेद्बारी पाएका नेपाली कांग्रेसका पूर्व उपसभापति समेत रहेका थापालाई माओवादीका विस्तारित संगठन र काङ्ग्रेसका आस्थावान कार्यकर्तासामू जीतको यात्रा तय सकस हुने नेकपा एमालेका एक जिम्मेवार नेताले बताए ।