नुवाकोट,वैशाख १० । नुवाकोटमा ५ दलीय गठबन्धनबाट एकीकृत समाजवादीले बाहिरिएको छ ।
गठबन्धनबाट बाहिरिएपछि समाजवादीले नेपाली कांग्रेस र माओवादी केन्द्रले एकलौटीरुपमा भागबन्डा गर्न खोजेको आरोप लागेको छ ।
एकीकृत समाजवादीका नुवाकोट जिल्ला अध्यक्ष गोविन्द नेपालीले विगतमा भएको सहमतिबाट कांग्रेसपछि हटेकाले गठबन्धनमा बस्नुको औचित्य नभएको बताएका छन् ।