काठमाडौं,वैशाख १०। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले सबै क्षेत्रमा महिलाको उपस्थिति हुनुपर्ने बताएका छन् । महिला प्रधानमन्त्री, राष्ट्रपति मात्र हुनु महत्वको बिषय नभएको उनको भनाइ छ ।
महिलाहरुको उपस्थीति निर्माण क्षेत्र, ड्राइभर, शब पोल्ने ठाउँलगायत सबै ठाउँमा हुनुपर्ने उनले बताए । न्यू बिजनेश एज प्रालिको आयोजनामा शुक्रवार काठमाडौंमा आयोजित ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२२’ को अन्तिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पराम्परागत रुपमा जुन क्षेत्रमा महिलालाई बन्देज गरिएको छ, त्यस ठाउँमा समेत महिलाको उपस्थिति हुनुपर्ने उनको भनाइ छ । यस्तै, उनले उद्यमीम महिलाहरुको संख्या बढाउनु भन्दा पहिला ब्यूरोक्रेसीमा उनीहरुको उपस्थिति बढ्नुपर्ने उनको भनाइ छ ।
यस्तै, उनले राज्यको स्रोतमा सबै समुदायहरुको बराबर अधिकार भएको समेत बताए । आगमी आवको बजेट यही थिममा आउने पनि उनको भनाइ छ । बिशेषगरि सबै घरमा बिजुली, पानी पुर्याउने नीति पनि बजेट मार्फत ल्याइने उनको भनाइ थियो ।