नुवाकोट पञ्चकन्या माओवादीको अध्यक्षमा तामाङ र गौतम दुई जनाको नाम सिफारिस


  • दिव्यदर्शन
  • बिहिबार, बैशाख ८ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

नुवाकोट,वैशाख ८ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को अध्यक्ष पदमा दुई जनाको नाम सिफारिस भएको छ ।

बुधबार सम्पन्न गाउँ पालिका स्तरीय बैठकले हालका गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ र अर्का माओवादी का अर्का नेता राजन गौतमको नाम सिफारिस गरेको हो ।

तामाङ र गौतम दुवै माओवादी केन्द्र वाग्मति प्रदेश कमिटी सदस्य समेत हुन । बैठकमा मन्तव्य राख्ने धेरैजसोले तेजबहादुरलाई नै अध्यक्ष हुनुपर्ने धारणा व्यक्त गरेका थिए । तर उपाध्यक्षमा भने विमला केसी सर्वसम्मत उम्मेदवार बनेकी छन् । केहि माओवादी नेताकार्यकर्ताले भने सर्वसम्मत अध्यक्ष चुन्न नसकेको भन्दै असन्तुष्ट व्यक्त गरेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web