चक्रपथ दोस्रो खण्ड विस्तार


  • दिव्यदर्शन
  • बिहिबार, बैशाख ८ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं, बैशाख ८। चिनियाँ सरकारले निःशुल्क अनुदानमा निर्माण गरिदिने घोषणा गरेको चक्रपथ सडकअन्तर्गत दोस्रो खण्डको विस्तारका लागि स्वयम्भूमा रहेका दुईवटा बिजुलीका टावर हटाइएको छ ।

चक्रपथ विस्तार गर्न साइट क्लियरिङअन्तर्गत स्वयम्भू र सानो भ¥याङमा रहेका दुईवटा ६६ केभिका दुईवटा टावर नेपाल विद्युत् प्राधिकरणले हटाएको हो ।

प्राधिकरणले टावरका लागि आवश्यक उपकरण दोस्रो मुलुकबाट आयात गरी हटाउने काम गरेसँगै अब दोस्रो खण्डको चक्रपथ विस्तारका लागि साइट क्लियरिङको काम सम्पन्न भएको छ ।

गत पुस पहिलो साता चिनियाँ प्राविधिक टोलीले स्थलगत भ्रमणका क्रममा सो टावर नहटाएको प्रति प्रश्न उब्जाएका थिए । नेपाली पक्षले टावर हटाउने क्रममा रहेको भन्दै चिनियाँ पक्षलाई आश्वस्त पारेको थियो ।

चक्रपथ विस्तारअन्तर्गत दोस्रो सडकखण्डमा नेपालले पहिला साइट क्लिअर अर्थात् रूख, पोल र ढल हटाउनुपर्ने सम्झौतामा उल्लेख छ । त्यसपछि मात्र चिनियाँ पक्षले सडक विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जसअनुसार चक्रपथको चौडाइ बीचबाट दुवैतर्फ २५–२५ मिटर हुनुपर्नेछ । थप ६–६ मिटरमा नेपालले सर्भिस ट्र्याक बनाउनुपर्नेहुन्छ ।

दोस्रो खण्डअन्तर्गत कलंकीदेखि चक्रपथसम्म विस्तार गर्ने लक्ष्य राखेकोमा बिजुलीका टावर हटाएसँगै स्वयम्भूमा मन्दिर रहेको स्थानबाहेक सबै ठाउँमा साइट क्लियरिङको काम सम्पन्न भएको हो । आयोजना प्रमुख मेघराज मरासिनीले स्वयम्भूमा पुरातात्विक सम्पदाले केही समस्या देखिए पनि सम्पदाको हकमा ‘कन्सिडरेसन’ हुने देखिएको बताएका छन् ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web