म्याग्दीको डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण शुरु


  • दिव्यदर्शन
  • बिहिबार, बैशाख ८ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

म्याग्दी,वैशाख ८ । म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो । 

मालिका–७ का वडाध्यक्ष रेशम जुग्जालीले डाँडाखेतमा सबस्टेशन बनाउन जग्गा सम्याउने काम शुरु भएको जानकारी दिए । ‘पहिलो चरणमा घेराबार र भवन निर्माण भइसकेको छ’, उनले भने, ‘सबस्टेशनका उपकरण राख्नका लागि जग्गा सम्याउने काम भइरहेको छ ।’ सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग सबस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

आयोजना प्रमुख रोशन अग्रवालले सम्झौतालगत्तै डिजाइन सकेर ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको बताए । आयोजनाको ठेक्का अवधि ३० महीनाको छ । 

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web