नुवाकोट थान्सिङमा बन्ने भयो क्रियापुत्री आवास, जग्गादाता पाठकले गरे शिलान्यास


  • दिव्यदर्शन
  • बुधबार, बैशाख ७ २०७९
  • पढ्न लाग्ने समय 2 मिनेट

नुवाकोट,वैशाख ७ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङमा क्रियापुत्री आवास निर्माण हुने भएको छ ।

क्रियापुत्री आवास निर्माणका लागि स्थानीय जग्गादाता शम्भु पाठकले बुधबार शिलान्यास गरेसंगै क्रियापुत्री आवास निर्माण हुने पक्कापक्की भएको हो ।

क्रियापुत्री आवासको शिलान्यास गर्दै जग्गादाता पाठकले आफ्नो धर्म संस्कृति जगेर्नाका लागि आफूले जग्गा दान गरेको बताए । पाठकका अनुसार क्रियापुत्री भवनसंगै शौचालय समेत निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराइएको छ ।

पछिल्लो समय स्थानीय युवाहरूको नेतृत्वमा मरणपाटी निर्माणसंगै मन्दिर निर्माण,मरणपाटी सम्म पुग्ने बाटो निर्माण, तुलसी मठ निर्माण, चिता तथा धारोपानीको व्यवस्थापन भैसकेको छ ।

महायज्ञ सम्पन्न

सो क्षेत्रमा मन्दिर निर्माणसंगै सुरु भएको महायज्ञ सप्ताह समेत सम्पन्न भएको छ । रामेश्वरधाम राखिएको सो मरणघाट मन्दिर परिसरमा चैत २९ गतेदेखि महायज्ञ (सप्ताह) सुरु भएको थियोे ।

सप्ताहमा चर्चित वाचक जनार्दन पौडेलले वाचन गरेका थिए । श्रोतका अनुसार सो सप्ताहमा झण्डै १३ लाख रुपैयाँ संकलन समेत भएको छ ।

संकलित रकम मरणघाटमै खर्च हुने अगुवा युवा लगायत सप्ताह मुल आयोजक समितिले जनाएको छ । समापन समारोहमा सो समितिले सबैलाई एकवद्द गरी काम गर्नसकेमा समाज परिवर्तनका लागि कुनै सरकार आवश्यक नपर्ने बताए । आफुले सबैलाई एकबद्द गराई अघि बढेकाले मरणघाटका विविध संरचना तयार भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web