नुवाकोट, वैशाख ७ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर १ स्थित चौघडामा अरु वर्षको तुलनामा यस वर्ष मकै सप्रिएको किसानहरुले बताएका छन् । सिचाइको पहुँच पुगेका धेरैजसो क्षेत्रमा मकै सप्रियको बताइएको छ ।
यस क्षेत्रमा सिंचाईका लागि लिखु खोला र तादी खोलाबाट नहर व्यवस्थापन गरिएको छ । नहर आसपासमा मकै खेती हरेक वर्ष बढ्ने गरेको किसान बताउँछन् । लहलह सप्रिएको मकै यस क्षेत्रको मात्र नभई नेपालको प्रमुख अन्नवाली मध्ये एक हो। हिमाल, पहाड, तराई सबै भेगमा मकैं उत्पादन हुने गर्दछ ।
मकैबाट ढींडो, रोटी, चिउरा, च्याँख्ला वा ग्रीटको भात आदि परिकार बनाएर खान सकिन्छ । पछिल्लो समय मकैंबाट खानेतेल पनि उत्पादन हुन थालेको छन् । मकैं खेतीको लागि पानी नजम्ने, मलिलो, दुमट तथा पि एच मान ७.०–७.३ भएको माटो उपयुक्त हुन्छ ।
मकैं हिमाल, पहाड, तराई ठाउँ अनुसार भिन्न-भिन्नै जातको बिउ लगाउन उपयुक्त हुन्छ । साथै मकैंबालीको लागि गोडमेल, मलजल, रोग, रोप्ने विधि देखी व्यवस्थापन सम्मको जानकारी हुन आवस्यक छ । मकैंबालीको लागि कृषि व्यवस्थापन सूचना प्रणालीले तयार पारेका बुदाहरु निम्न प्रकारका छन् । जुन मकैं बालीको खेती गर्नेले जान्न निक्कै महत्पूर्ण छ ।