दाङ,वैशाख ५ । नेकपा (माओवादी)केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले पार्टी छाड्नु भएको छ । सोमबार आज घोराहीमा पत्रकार सम्मेलन गरी गौतमले माओवादी त्यागेको घोषणा गर्नु भएको हो ।
दाङ जिल्लाका इन्चार्जसमेत रहनु भएका उहाँले पार्टी गलत बाटोमा हिँडेकाले पार्टी छाडेको बताउनु भयो । त्यस्तै गौतमले आफू स्वतन्त्र बस्नेसमेत बतानु भएको छ । उहाँ घोराही उपमहानगरपालिकामा माओवादीबाट मेयरका आकांक्षी रहनु भएको थियो । गौतम ५ वर्ष अघिको स्थानीय तह निर्वाचनमा घोराहीको मेयरको उम्मेदवार बनेर तेस्रो स्थानमा रहनु भएको थियो ।
यसपटक घोराही माओवादीले आफ्नो भागमा पाउनुपर्ने माग गरेको छ । तर नेपाली काङ्ग्रेसले मानेको छैन । उहाँ अनेरास्ववियू क्रान्तिकारीका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।