कर्णाली नदीमा डुबेर दुई बालक बेपत्ता


  • दिव्यदर्शन
  • सोमबार, बैशाख ५ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

आछाम,वैशाख ५ । कर्णाली नदीमा पौडी खेल्ने क्रममा अछामका २ बालक डुबेर बेपत्ता भएका छन्। 

पन्चदेवल विनायक नगरपालिका-८ बारला निवासी ११ वर्षीय विराज जैसी (सञ्ज्याल) र ६ वर्षीय अभिषेक जैसी (सञ्ज्याल) सोमबार दिउँसोबाट बेपत्ता भएका हुन्। 

बारलाको कर्णाली नदीमा दिउँसो करिब ३ बजेतिर पौडी खेलिरहेको अवस्थामामा डुबेर बेपत्ता भएको अछाम प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो। बेपत्ता रहेका बालकको स्थानीय, प्रहरीले खोजीरहेको बताइएको छ।  

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web