भारतमा फेरी बढ्यो कोरोना संक्रमणदर


  • दिव्यदर्शन
  • सोमबार, बैशाख ५ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

एजेन्सी, वैशाख ५ । छिमेकी देश भारतमा कोरोना संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रलायका अन्सुआर पछिल्लो २४ घण्टामा २ हजार १८३ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पछिल्लो एक दिनमा एक हजार ९ सय ८५ कोरोना संक्रमित निको भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । भारतमा कोरोनाबाट एकैदिन २१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ५ लाख २१ हजार ९६५ जनाको मृत्यु भइसकेको छ । अहिले भारतमा कोरोनाको सक्रिय केस बढेर ११ हजार ५४२ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web