सिमकोट पुगे एमाले अध्यक्ष ओली


  • दिव्यदर्शन
  • आइतबार, बैशाख ४ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

हुम्ला,वैशाख ४ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार विहान हुम्लाको सदरमुकाम सिमकोट पुगेका छन् । शनिबार साँझ नेपालगञ्ज पुगेका अध्यक्ष ओली आइतबार विहान समिट एयरको हेलिकोप्टरमार्फत सिमकोट आइपुगेका हुन् । सिमकोट पुगे लगत्तै एकछिन विमानस्थलमा विश्राम गरेर अध्यक्ष ओली उत्तरी नाम्खा गाउँपालिकाको लिमि प्रस्थान गरेका हुन् ।

एमाले अध्यक्ष ओली उत्तरी नाम्खा गाउँपालिकाको लिमि क्षेत्रको अवलोकन गर्नुका साथै अहिले लिमिका वासिन्दासँग भेटघाट गरीरहेका छन । भने उनिहरुसँगको भेटपछि अध्यक्ष ओलीले नेपाल र चीनको सिमाना लोलुङजोङको हवाई अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

उत्तरी नाम्खाकोे अवलोकनपछि सदरमुकाम फिर्ता भएर सिमकोटको् कार्यक्रम सम्बोधन गर्ने कार्य तालिका तय गरिएको एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए ।

अध्यक्ष ओलीले सिमकोटको वृहत आमसभालाई गरे लगत्तै अदानचुली गाउँपालिकाको कार्यक्रमलाई सम्बोधन गरेर फिर्ता भएका हुन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्नका लागि अध्यक्ष ओली हुम्ला पुगेको नेकपा एमाले हुम्लाले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web