बझाङमा जीप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते


  • दिव्यदर्शन
  • आइतबार, बैशाख ४ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

बझाङ,वैशाख ४ । बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।

दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने १ जना  घाइते अञ्जु बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।  प्रहरीका अनुसार जीप गएराति पाैने १ बजे दुर्घटना भएको हो ।

जीपमा तीन महिला र ६ पुरुष गरी नाै जना सवार थिए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार उक्त जीपमा नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहरा र उनका परिवार सवार थिए ।

निजी कामले सभापति बोहराको परिवार धनगढी गइरहेका बेला गाडी अनियन्त्रित भएर दुर्घटना भयको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख  प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताय ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web