काठमाडौँ,वैशाख २ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोट जिल्ला एमालेको किल्ला हुने ठोकुवा गरेका छन । शुक्रबार विदुरमा आयोजित बृहद् जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले अब नुवाकोटमा कुनै शरण र केसीहरूको केही नचल्ने बताए ।
ओलीले भने ‘अब नुवाकोटमा जुनसुकै शरण वा नर्सिङ आएपनि नुवाकोट जिल्ला एमालेको जिल्ला हुन्छ । तीनै तहको निर्वाचनमा एमालेका उम्मेदवारहरू अत्याधिक मतले विजयी हुनेछन ।’ उनले स्थानिय निर्वाचनमा नुवाकोटका सबै पालिकामा एमालेको लाल किल्ला हुने बताए ।
उनले आम कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन निर्देशन दिँदै पार्टीले निर्णय गरेर पठाएका उम्मेदवार जिताउन लाग्न अपिल गरे । ओलीले नुवाकोटको विकास र पछिल्लो प्रगतिलाइ आफूले नजिकबाट नियालिरहेको भन्दै भोलिका दिनमा पनि समग्र नुवाकोटको विकासका लागि महत्वपूर्ण सहयोग हुने बताए ।