नुवाकोट थान्सिङका पाठक दम्पतीले गरे क्रियापुत्री भवनका लागि आवश्यक जग्गादान


  • दिव्यदर्शन
  • शुक्रबार, बैशाख २ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

नुवाकोट,वैशाख २ । जिल्लाको लिखु गाउँपालिका थान्सिङका पाठक दम्पतीले क्रियापुत्री भवनका लागि आवश्यक जग्गादान गरेका छन् ।

लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङफाट मा भैरहेको महापुराण समारोहमा उपस्थित भइ स्थानीय शम्भुप्रसाद पाठक र इन्द्रकुमारी पाठकले क्रियापुत्री भवनका लागि आवश्यक ४ आना जग्गादान गरेको पाठक दम्पतीका छोरा सन्तोष पाठकले बताए ।

पाठक दम्पतीले स्वर्गिय पिता ज्योतिष पण्डित हेमराज पाठक तथा माता प्रेमकुमारी पाठकको सम्झनामा सो जग्गा दान गरेको बताएका छन् । स्थानीय युवा सुमन भण्डारीको अगुवाईमा पछिल्लो समय मरणपाटी निर्माण, चिता निर्माण, मन्दिर निर्माण, धारोपानीको ब्यवस्थापन लगायत काम द्रुतगतिमा भैरहेको छ । क्रियापुत्री भवनका लागि आवश्यक जग्गा उपलब्ध भएसंगै थप संरचना निर्माणका लागि युवाहरु लागि परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web