नुवाकोट कांग्रेस छाडेर एमाले प्रवेश गरेका थापाले महतको गाउँमा सूर्यको झण्डा फर्फराउने


  • दिव्यदर्शन
  • शुक्रबार, बैशाख २ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

नुवाकोट,वैशाख २ । नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका यमबहादुर थापाले पञ्चकन्या गाउँपालिकामा एमालेको सुर्य अङ्कित झण्डा फर्फराउने बताएका छन् ।

शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट माला लगाई औपचारिक रुपमा पार्टी प्रवेश गरेका थापाले (डा रामशरण महत, डा प्रकाशरण महत र रामेश महत)को गाउँमा सूर्यको झण्डा गाड्ने उद्घोष गरेका हुन ।

नेपाली कांग्रेसका पूर्व उपसभापति थापाले २०४९ सालमै आफू गाविस अध्यक्ष भैसकेको मान्छे पद भन्दा एमालेमा लागेर देशका लागि काम गरौँ भन्ने सोचले एमाले प्रवेश गरेको बताए । उनले यस पटकको चुनावमा एकमात्र मिसन भनेको पञ्चकन्या गाउँपालिकामा एमालेलाइ जिताउनु रहेको बताए । थापाले आफ्ना भन्ने कुरा धेरै भए पनि विस्तारमा भन्दै जाने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web