छहरे-टोखा सडकखण्डको थानाभञ्ज्याङ् क्षेत्रमा सडक स्तरोन्नतिसंगै कालोपत्रे द्रुत गतिमा


  • दिव्यदर्शन
  • मंगलबार, चैत्र २९ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

नुवाकोट,चैत २९ । नुवाकोट-काठमाडौं आवतजावतको छोटो दुरीको सडक छहरे-टोखा सडक अन्तर्गत थानाभञ्ज्याङ् क्षेत्रमा कालोपत्रे द्रुत गतिमा सुरु भएको छ ।

छोटो समयमै थानाभञ्ज्याङ् आसपास क्षेत्रको सडक स्तरोन्नतिसंगै कालोपत्रे भएको देख्दा कतिपयले चुनावी गतिविधि सहजताको लागि नेताहरुको दबाबमा बनेको अनुमान समेत लगाउने गरेका छन् । तर झुटको खेती गर्न हिडेका ती नेताकार्यकर्ताले सडक निर्माणका लागि न एक शब्द बोलेका छन् न पहल नै।

खाल्डाखुल्डी घुम्ती बाटो यति छिटै चिटिक्क बनाउन सडक स्तरोन्नतिका लागि २०६८ सालदेखि निरन्तर स्वच्छ छवि बनाएको मंगलादेवी सुबास कन्स्ट्रक्सनको मुख्य देन रहेको छ । सो कन्स्ट्रक्सनले २२ सय मिटर सडक तत्काल स्तरोन्नतिसङै कालोपत्रे गर्न लागिपरेको छ ।

चुनाव लाग्नु र बाटो बन्नु संयोग मात्र भएको सो कन्स्ट्रक्सनका सुबासचन्द्र कार्कीले बताए । ‘सडक डिभिजन कार्यालय नुवाकोटका नयाँ हाकिम नुवाकोटकै ब्यक्ति आएकाले छिटो तर गुणस्तरीय काम सम्पन्न गरे तत्काल पेमेन्ट हुने भनेका छन्’ ,कार्कीले भने- ‘म पनि नुवाकोटकै हु मलाई राम्रो र गुणस्तरीय बाटो चाहिन्छ, सबैलाई सहज तथा राम्रो सडक बनाउन लागिपरेको छु।’

सडक स्तरोन्नतिका क्रममा खाल्डाखुल्डी तथा जिर्ण भएका सडक सम्म्याउन कामदार खटिएका छन् । सब ग्रेड, सब बेस , बेस , सेमीग्राउडीन्ग त्यसपछि प्रिमिक्स कालो पत्रे गरिने सो कम्पनीका कामदारहरुले बताएका छन् । चिप्स कोड पश्चात् सेमी ग्राउन्डेड र प्रीमियम गरेकाले पानीसहितको बालुवा रोडा बोक्ने टिफर नहिडे ७/८ वर्ष केहि नहुने कन्स्ट्रक्सनका सुबासचन्द्र कार्की बताउँछन् ।

गुरुङ गाउँ क्षेत्रका सबै सडक ढलान भैसकेको र तल्लो क्षेत्रमा केहि ढलान र केहि प्रक्रियामा रहेकाले छहरे-टोखा सडक निर्माणमा पूर्णता पाउन अझै केहि समय लाग्ने सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web