चुनावमा सेना परिचालन गर्न स्वीकृति


  • दिव्यदर्शन
  • मंगलबार, चैत्र २९ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौँ,चैत २९ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को चैत १७ को सिफारिस र मन्त्रिपरिषद्को चैत २४ को सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा २० बमोजिम सेना परिचालन गर्न स्वीकृत दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न सेना परिचालन गरिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web