नुवाकोट विदुर एमालेबाट १० जनाको मेयर र १३ जना उपमेयरमा दाबी


  • दिव्यदर्शन
  • मंगलबार, चैत्र २९ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

नुवाकोट,चैत २९ । नुवाकोटको केन्द्रविन्दुमा रहेको स्थानीय तह विदुर नगरपालिकामा नेकपा एमाले बाट १० जनाले मेयर र १३ जनाले उपमेयरको लागि दाबी गरेका छन् ।

नेकपा एमाले विदुर नगर कमिटिको बिस्तारित बैठकमा मेयर र उपमेयरको लागि दाबी गर्नेहरु यति धेरै संख्यामा देखिएको हो । मेयरमा सञ्जु पण्डित र उपमेयरमा गीता दाहाल फेरी पनि मेयर र उपमेयरमा नै दोहोह्राउने मनिस्थितिको साथ दाबी गरिरहेका छन् । मेयरको लागि हालका मेयर सञ्जु पण्डित, रामकृष्ण खड्का, नारायण घिमिरे, रामहरी अधिकारी शिवकुमार चित्रकार, अनुजकुमार श्रेष्ठ, ठाकुरप्रसाद गजुरेल, बुद्धिबहादुर प्रधान र देवचन्द्र भट्टले दाबी गरेका छन् ।

यस्तै उपमेयरमा गीता दाहाल, निर्मला अधिकारी, शावित्री प्याकुरेल, रीता थपलिया, इन्दिरा अधिकारी, बच्चुमायाँ सुनारी मगर, रुपा थापा, डिल्लिराज गजुरेल, कमला अधिकारी, लक्ष्मी प्रधान, अम्बिका पौडेल, रजनी कार्की र पार्वती प्याकुरेलले दाबी गरेका छन् ।

अब केहि दिनमा मेयर र उपमेयरको आकांक्षीहरुको बिचमा छलफल गराएर नगर कमिटीको बैठकले उम्मेदवार टुंगो लगाउने नेकपा एमाले नगर कमिटिका सचिव अनुजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । वैशाख २ गते पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा वली नुवाकोट आउने कार्यक्रम रहेको र त्यसकै तयारीमा नगर कमिटि जुटिरहेको छ । उक्त कार्यक्रम सम्पन्न भए पछि मात्र वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित भई उम्मेदवार टुंगो लगाइने नगर कमिटिका सचिव श्रेष्ठको भनाई रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web