काठमाडौं,चैत २९ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको छैठौं र सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको अवसरमा चितवनका अभियानकर्मी सूर्य प्रसाद अधिकारीलाई सम्मानित गरिएको छ ।
चितवनको समृद्धि, विकास, समस्या निराकरण र उन्नयनका लागि पत्रकारिताको माध्यमबाट सशक्त कलम चलाएको भन्दै अभियानकर्मी अधिकारीलाई सम्मानित गरिएको हो ।
संघले संस्थापक अध्यक्ष खड्कलाल विश्वकर्माको स्मृतिमा स्थापित ‘स्व.खड्कलाल विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार’ वर्ष – २०७८ बाट दोसल्ला, सम्मानपत्र र नगद ५ हजारसहित सम्मान गरेको थियो । यस्तै संघले स्वर्ण खबर साप्ताहिकका कार्यकारी सम्पादक अमिर रामदामलाई पनि सम्मान गरेको छ ।
संघका अध्यक्ष टेकबहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको कार्यक्रमको प्रमुख अतिथिमा भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहाल रहेकी थिइन् ।