अनाथ बालबालिकालाई मासिक एक हजार भत्ता


  • दिव्यदर्शन
  • आइतबार, चैत्र २७ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

प्युठान,चैत २७ । प्युठानको सरुमारानी गाउँपालिकाले  अनाथ बालबालिकाहरुलाई मासिक भत्ता दिदै आएको छ ।
पालिकाभित्रका ६ वटै वडाका ६५ जना अनाथ बालबालिकाहरुलाई मासिक एक हजार रुपियाका दरले मासिक भत्ता दिदै आएको सरुमारानी गाउँपालिकाका उपाध्यक्ष मिना सोमैले जानकारी दिनुभयो।

अभिभावक विहिन भएका बालवालिकाहरुको पठनपाठनमा सघाउने उद्देश्यका साथ कार्यविधी बनाएर आर्थिक वर्ष २०७६÷०७७ बाट मासिक भत्ता दिन सुरु गरिएको उपाध्यक्ष सोमैले बताउनुभयो । उहाका अनुसार कम्तीमा १८ वर्ष उमेर नपुग्दासम्म अनाथ वालवालिकाहरुलाई भत्ता दिने गाउँपालिकाको निती छ ।

त्यस्तै, सरकारले अशक्त अपागंता भएका ‘क’ र ‘ख’ वर्गका लागि मात्रै सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आएकोमा पालिकाले अपांग भएका ‘ग’ वर्गका ४२ जना व्याक्तीहरुलाई मासिक पाँच सय रुपियाँका दरले भत्ता दिदै आएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणि रेग्मीले अनाथ तथा अपाङ्गता भएका ब्याक्तीहरुलाई सम्वन्धित वडा कार्यालयबाट भत्ता बितरण हुँदै आएको जानकारी दिनुभयो।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web