काठमाडौं,चैत २७ । नेशनल दलित लयर्स फोरमको अध्यक्ष अधिवक्ता मोहन साशंकर चयन भएका छन् ।
फोरमको काठमाडौंमा सम्पन्न दोस्रो सम्मेलनबाट उनीसँगै १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा भोजमान लामगादे, बालमाया विश्वकर्मा, चक्रमान विश्वकर्मा, महासचिवमा शैलेन्द्र अम्बेडकर हरिजन चयन भएका छन् । त्यस्तै सचिवमा रामबहादुर मिजार, सुन्दर बहादुर स्नेही, सरस्वती नेपाल, कोषाध्यक्ष वाल्मिकि आउजी चयन भएका छन् ।
समितिको सदस्यमा रक्षाराम हरिजन, अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’, धनकाजी विश्वकर्मा, नारायण बुढाप्रिर्थी, यमकुमारी ददेल, चिजामाया विश्वकर्मा, डालबहादुर विश्वकर्मा, देवी सुनार चुनिएका छन् । समितिको सल्लाहकारमा नारायण नेपाल, विमल विश्वकर्मा, डा.यामबहादुर किसान, टेक टमटा, लुमासिं विश्वकर्मा, श्यामकुमार विश्वकर्मा चयन भएका छन् । आर्थिक अभियानबाट