नुवाकोट पञ्चकन्याका कृषकको कुरिलो खेतीतर्फ आकर्षण बढ्यो


  • दिव्यदर्शन
  • शुक्रबार, चैत्र २५ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

नुवाकोट,चैत २५ । पछिल्लो समयमा जिल्लाको पञ्चकन्या गाउँपालिकाका कृषक कुरिलो खेति तर्फ आकर्षित भएका छन् । आयुर्वेदिक फाइदा र कम लगानीमा राम्रो आम्दानी हुने कुरिलो खेतीतर्फ कृषकहरुको आकर्षण बढेको हो ।

पञ्चकन्या गाउँपालिका को वडा नम्बर २,३ र ५ मा कुरिलो खेती कार्यक्रम सञ्चालन भएको हो । सो खेतीबारे किसानहरुलाई ग्रामीण स्वावलम्बन विकास केन्द्रका कृषि अधिकृत पवन प्याकुरेल, संस्थाका कृषि प्राविधिकद्वय रोशन भट्टराई र दिनेश गौतमले तालिम प्रदान गरेका छन् ।

पञ्चकन्या गाउँपालिकाको सो तीन वडामा कुरिलोको लागि उपयुक्त हावापानी रहेकोले यस क्षेत्रलाई कुरिलो को पकेट क्षेत्र बनाउन सकिने कृषि प्राविधिकहरु बताउँछन् । संस्थाले एक दिन तालिम सम्पन्न गरी अन्य २ दिन किसानलाई कुरिलोको नर्सरी गर्न र नर्सरी पश्चात बिरुवाको हेरचाह गर्न समेत सिकाएका छन् ।

ग्रामीण स्वावलम्बन विकास केन्द्रको लगानीमा यो कार्यक्रम सञ्चालन भैरहेको छ । किसानहरुलाई व्यवसायिक कृषि तर्फ उत्प्रेरित गर्न र बाँदरको प्रकोपले अन्य बाली लगाउन कठिन ठाउँहमा कुरिलो को संभावना रहेकाले कुरिलो खेती तर्फ किसानलाई अगाडि प्रोत्साहित गरेको स्वावलम्बन विकास केन्द्रका कृषि अधिकृत पवन प्याकुरेल बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web