काठमाण्डौँ,चैत २५ । सरकारले अबदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले अबदेखि आईतबार पनि सार्वजनिक विदा दिने र त्यसको विकल्पमा अन्य विदा कटौती गर्ने तयारी थालेको हि ।
यसका लागि गृहकार्य गरेर केही दिन पछि नै लागू गर्ने तयारी सरकारले गरेको छ । सरकारले ईन्धन प्रयोगलाई २० प्रतिशत घटाउने र अन्य क्षेत्रलाई पनि ईन्धन प्रयोग कम गर्न आग्रह गर्ने पनि निर्णय भएको एक मन्त्रीले जानकरी दिए ।