सिन्धुपाल्चोक, चैत २४ । जिल्लाको चौतारा साँगचोकगढी नगरपालिका–६ टयाँकी डाँडामा ६ करोड २१ लाख ५३ हजारमा ६७ फिट अग्लो बुद्ध पार्क बनेको छ । सो पार्कको सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका छन् ।
सो बुद्धपार्कबाट जुगल हिमाल, काभ्रेकाे पाल्चोक मन्दिर, शिवपुरी क्षेत्र, धुलिखेल, नगरकोट देख्न सकिन्छ । आन्तरिक र बाह्रय पर्यटकलाई भित्र्याउन उक्त बुद्ध पार्क निमार्ण गरिएको सो नगरका मेयर अमानसिंह तामाङले बताए ।
समुद्री सतहबाट २ हजार १५० मिटर उचाईमा रहेको पर्यटकीय हिमाली गाउँ ओख्रनीमा रहेको चियाबगानसम्म पर्यटक लैजान उक्त बुद्ध पार्कले महत्त्व खेल्ने जनाइएको छ । चौतारा बजार छेउबाट निमार्ण भएको हजार सिढी चढेर बुद्धपार्क पुग्न सकिन्छ ।