स्थानिय निर्वाचनमा सहकार्य हुन्छ, गठबन्धन हुन्छः नेपाल


  • दिव्यदर्शन
  • बुधबार, चैत्र २३ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

भैरहवा,चैत २३  । वर्तमान सरकारका गठबन्धन दलहरुबिच स्थानिय तहको निर्वाचनमा पनि सहकार्य हुने गठबन्धन घटक नेकपा एकीकृत समाजवादिका अध्यक्ष  माधव कुमार नेपालले बताएका छन ।

मंगलबार साझ भैरहवा स्थित गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग आफ्ना धारणा राख्दै पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘गफाडिहरु, प्रतिगमनकारिहरुलाई परास्त गर्नु नै मुल उदेश्य हो । यसैले सरकारमा सहभागी दलहरुबिच स्थानिय निर्वाचनमा सहकार्य हुन्छ, गठबन्धन हुन्छ ।’

अध्यक्ष नेपालले गठबन्धन पाटिको स्थानिय कमिटिको निर्णयलाई प्राथमिकता दिईने समेत बताए । उनले भने,‘यहि रुपन्देहीमा जिल्ला स्तरिय नेतृत्वले सरकारमा सहभागी दलहरुबिच गठबन्धन गर्नेगरि तयारि गर्नुभएको छ । देशैभर यस्तै छलफल चलिहरेको छ । यसैले समय पनि छैन , केही दिनमै गठबन्धनको तर्फबाट साझा उमेदवार पनि घोषणा हुन्छ ।’

नेता नेपालले अग्रगामि र परिवर्तनकारि शक्तिहरुबिच गठबन्धन भईरहदा प्रतिगमनकारि, परिवर्तन विरोधि शक्तिबिच सहकार्यको छलफल चलेको भन्दै  टिप्पणी समेत गर्दै भने, ‘गफाडिहरु , परिवर्तनका विरोधिहरु, संविधानको विरोधिहरुलाई जनताले किन भोट दिने रु आजको नेपाली जनता धेरै सचेत छन , जसले संविधानको धज्जि उडायो , जसले परिवर्तन विरुद्ध लाग्यो , जसले गणतन्त्रको बिरोध गर्यो त्यसलाई परास्त गर्न हाम्रो पाटि सम्पुर्ण किसिमले तयारि अवस्थामा छ ।’

अध्यक्ष नेपालले  बैज्ञानिक ढंगले हिजोको मतको विह्लेषण गर्दै दलिय उमेदावर छानि साझा रुपमा घोषणा समेत गरिने बताए । पार्टीको प्रदेश सचिव राजु गुरुङ, लुम्बिनी प्रदेश सरकारको मन्त्री रमा घर्ती, नेता सिद्धिचरण भट्टराई लगायतको आतिथ्यता  रहेको उक्त पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले एकीकृत समाजवादि पाटिमा जनलहर बढ्दै आएको समेत दावी गरे ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web