होटल समूहका दुई कम्पनीका लगानीकर्ताले एकै दिन ३७ करोडभन्दा बढी कमाए


  • दिव्यदर्शन
  • बुधबार, चैत्र २३ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,चैत २३ । मंगलवार होटल तथा पर्यटन समूहको मात्र उपसूचक बढेको छ । यस दिन कारोबारका आएका समूहहरूमध्ये होटल तथा पर्यटन  समूहको उपसूचक मात्र शून्य दशमलव ५ प्रतिशतले बढेको हो । दोस्रो बजारमा यो समूहअन्तर्गत चार कम्पनी सूचीकृत रहेका छन् । सूचीकृत चार कम्पनीमध्ये चन्द्रागिरी हिल्सको शेयरमूल्य घटेको छ भने तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य स्थिर छ । बाँकी दुई कम्पनी सोल्टी र ओरियन्टल होटलको मात्र यस दिन शेयरमूल्य वृद्धि भएको छ ।

समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक ४० दशमलव ४६ अंकले घटेको दिन होटल्स तथा पर्यटन समूह अन्तर्गतका दुई होटल कम्पनीको सूचीकृत शेयरको कुल मूल्य अर्थात् कुल बजार पूँजीकरण अघिल्लो कारोबार दिनको भन्दा रू. ३७ करोड ३७ लाख ३१ हजारले बढेको हो । अघिल्लो कारोबार दिन रू. २२४ दशमलव ६० कायम भएको सोल्टी होटलको अन्तिम शेयरमूल्य मंगलवार प्रतिकित्ता रू. ३ दशमलव ३ ले बढेर रू. २२७ दशमलव ९० कायम भएको हो । त्यस्तै ओरियन्टल होटलको सोमवार रू. ४८९ रहेको अन्तिम शेयरमूल्य मंगलवार प्रतिकित्ता रू. ४ ले बढेर अन्तिम मूल्य रू. ४९३ कायम भएको छ ।

एकै दिन ओरियन्टल होटलको कुल बजार पूँजीकरण रू. ४ करोड ५१ लाखभन्दा बढी र सोल्टी होटलको रू. ३२ करोड ८६ लाखभन्दा बढीले वृद्धि भएको छ । यस दिन चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतिकित्ता रू. ४ ले घटेर अन्तिम मूल्य रू. १ हजार ३०६ कायम भएको छ । चन्द्रागिरी हिल्सको सूचीकृत शेयरको कुल मूल्य अघिल्लो कारोबार दिनको भन्दा रू. ६ करोड १३ लाखभन्दा बढीले घटेको छ । मंगलवार शेयरमूल्य स्थिर रही अन्तिम मूल्य रू. ३५५ रहेको तारागाउँ रिजेन्सी होटलको कुल बजार पूँजीकरण भने रू. ६ अर्ब ६९ करोड ७६ लाखभन्दा बढी छ । 

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web