पेट्रोलियम व्यवसायीले उठायनन् निगमबाट इन्धन, आइतवारदेखि वितरणसमेत रोक्ने चेतावनी


  • दिव्यदर्शन
  • शनिबार, चैत्र १९ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

चैत १८, काठमाडौं । पेट्रोलिय व्यवसायीले शुक्रबारदेखी इन्धनको ढुवानी बन्द गरेका छन् । कमिसन वृद्धि गर्नुपर्ने माग गर्दै उनीहरुले डिपोबाट इन्धन नउठाएको आयल निगमले जानकारी दिएको छ ।

निगमका प्रबक्ता बिनितमणी उपाध्यायले व्यवसायीले डिपोबाट शुक्रवार इन्धन नउठाएको बताए । ‘सेना, प्रहरी र साझा पेट्रोल पम्पले मात्रै शुक्रवार निगमबाट इन्धन लगेका छन् । अरु निजी क्षेत्रका पम्पले इन्धन उठाएनन्’ उपाध्यायले आर्थिक अभियानलाई भने ।

केही व्यवसायीहरुले थानकोट र अमलेखगन्ज डिपोमा पुगेर केही बेर बिरोध गरेको पनि उपाध्यायले बताए । व्यवसायीलाई जेठ मसान्तसम्मको समय मागेर माग सम्बोधन गर्ने आयल निगमले बताउँदै आएको छ । 

‘व्यवसायीहरु आफ्नै अडानमा लागेका छन्, जायज माग सम्बोधन गर्नका लागि हामी तयार छौं तर समय दिन भनेका छौं’ उनले भने ।

व्यवसायीले आइतबारदेखि पम्पबाट समेत तेल वितरण नगर्ने चेतावनी दिएका छन् ।

पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तुमा पर्छ । कानुनअनुसार यस्तो पदार्थको आपूर्तिमा बन्द–हडताल गर्न पाइँदैन ।

२०७७ मंसिर १५ मा सरकारले जारी गरेको राजपत्रमा पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवामा हडताल गर्न नपाइने उल्लेख भए पनि व्यवसायीले उलंघन गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web