श्रमिक कल्याणकारी कोषको एक अर्ब अलपत्र


  • दिव्यदर्शन
  • शुक्रबार, चैत्र १८ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,चैत १८ । श्रमिक कल्याणकारी कोषमा करिब १ अर्ब १० करोड रुपैयाँ जम्मा भएको छ । ९८ वटा औद्योगिक प्रतिष्ठानले जम्मा गरेको सो रकम अहिलेसम्म श्रमिकको हितको लागि खर्च हुन भने सकेको छैन ।

सरकारले कामदारको सामाजिक सुरक्षा गर्न भन्दै २०५६ सालमा कोष स्थापना गरेको थियो । कोष नियमावलीअनुसार नाफामा सञ्चालन भएका उद्योग तथा प्रतिष्ठानले नाफाको १० प्रतिशत कोषका लागि छुट्याउनुपर्छ । त्यसमध्येको ७० प्रतिशत प्रतिष्ठानको कोषमा र ३० प्रतिशत केन्द्रीय स्तरको श्रमिक कल्याणकारी कोषमा जम्मा गर्नुपर्छ । सोही अनुसार ९८ ओटा कम्पनीले कोषमा रकम जम्मा गरेका हुन् ।

कोषको रकम कार्यक्षेत्रमा हुने दुर्घटनाबाट पीडित कर्मचारीका परिवारलाई आर्थिक सहयोग प्रदान गर्न र श्रमिकको बालबच्चाको पठनपाठनका लागि खर्च गर्नुपर्ने प्रावधान छ । तर अहिलेसम्म कोषको एक रुपैयाँ पनि श्रमिकका लागि खर्च गर्न सकेको छैन । ‘अहिलेसम्म पैसालाई सुरक्षितसँग राख्ने मात्रै काम भएको छ । अब बल्ल कार्यक्रम बनाएर श्रमिकको हितको पक्षमा काम गर्ने सरकारको तयारी छ,’ कोषका सदस्य सचिव वरुणकुमार झाले भने । कोष सञ्चालनका लागि श्रम तथ यातायात  व्यवस्था मन्त्रालयका सचिवको अध्यक्षतामा नौ सदस्य सञ्चालक समिति रहेको छ । जसमा श्रम विभागका महानिर्देशक, उद्योग वाणिज्य मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ, एमाले कांग्रेस र माओवादी निकट तीनवटा  ट्रेड युनियनका प्रतिनिधि रहेका छन् । कोषमा हाल ९८ उद्योग कम्पनीबाट मात्रै रकम दाखिला भएको भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web