शहिद मेमोरियल अस्पतालले यहि माघ २६ गतेबाट विशेषज्ञसहित औपचारिक रुपमा सेवा सुरु गर्ने


  • दिव्यदर्शन
  • बिहिबार, माघ २४ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
सदरमुकाम धादिङबेसीमा संचालित शहिद मेमोरियल अस्पतालले नयाँ व्यवस्थापनमा यहि माघ २६ गतेबाट विशेषज्ञसहित औपचारिक रुपमा सेवा सुरु गर्ने भएको छ । गुणस्तरीय र सर्व सुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता भन्ने मुल मर्मका साथ नयाँ व्यवस्थापनका साथ सेवा सुचारु गर्न लागेको अस्पतालले शुभारम्भको अवसर पारेर शनिबार ५० प्रतिशत छुटमा सेवा प्रवाह गर्न लागेको हो ।शहीद मेमोरियल अस्पतालमा हाल 4D रंगिन Machine द्धारा जिल्लामै पहिलो पटक color Doppler, कलेजोको FibroScan, १८–२२ हप्ताको गर्भवती महिलाहरुको रंगिन Anamoly Scan सेवा, २४ घण्टा अत्याधुनिक मेसिन द्धारा ल्याव परिक्षण सेवा, १ घण्टामा Blood, पिसाव, सुगर, थाईराइड जाँचको रिपोर्ट आउने र 600MA एक्सरे मेसिनबाट डिजिटल एक्सरे सेवा प्रवाह गरिने अस्पतालले जनाएको छ ।

नयाँ व्यवस्थापनमा संचालनमा आएको अस्पतालले शेयर सदस्य, जेष्ठ नागरिक, अपाङ्गता र शहीद परिवारलाई विशेष छुटको व्यवस्था गरेको छ । अस्पतालको फार्मेसीबाट सबै किसिमका औषधी खरिदमा सर्वसाधारणलाई ५ प्रतिशत छुट दिएको अस्पतालका मेनेजिङ डाईरेटर दिपक रेग्मीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web