गङाजमुना आधारभूत अस्पतालको नवनिर्मित भवनको उद्घाटन


  • दिव्यदर्शन
  • आइतबार, बैशाख १३ २०८३
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।बैशाख १३

धादिङको फुलखर्कस्थित गङाजमुना आधारभूत अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री माननीय किरण थापा मगर ले एक समारोहबीच उक्त भवनको समुद्घाटन गर्नुभएको हो।

समारोहलाई सम्बोधन गर्दै मन्त्री थापा मगरले ग्रामीण भेगका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नयाँ भवन सञ्चालनमा आएपछि स्थानीयवासीले आधारभूत स्वास्थ्य सेवा लिन सहज हुने विश्वास व्यक्त गर्नुभयो।

नवनिर्मित अस्पताल भवनमा आधुनिक संरचना, आवश्यक स्वास्थ्य उपकरण तथा सेवा विस्तारका लागि पूर्वाधार तयार गरिएको छ। यसले गङाजमुना गाउँपालिका र आसपासका क्षेत्रका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। उनीहरूले अस्पतालको स्तरोन्नतिले क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने धारणा व्यक्त गरेका छन्।प्रदेश सरकारले आगामी दिनमा यस्ता स्वास्थ्य पूर्वाधार विस्तारलाई थप प्राथमिकता दिने जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web