जेन्जी आन्दोलनमा पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ,१५ राउण्ड गोली बरामद


  • दिव्यदर्शन
  • शुक्रबार, कार्तिक १५ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं । जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ परेका छन् ।प्रहरी वृत्त स्वयम्भूको टोलीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा धादिङको धुनिवेशी नगरपालिका घर भएका २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौं महानगरपालिका–१५ का २५ वर्षीय राजन देउला, भारतको सितामणिका २४ वर्षीय अकबर खान, काठमाडौं बिजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्य र काठमाडौं नयाँ बानेश्वर बस्ने ३८ वर्षीय प्रभात मल्ल छन् ।मल्ल हतियार खरिद गर्ने व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एस्पी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।कृष्ण गुरुङ भने पेस्तोल लुटपाटमा संलग्न र अन्य तीन भने बिक्रीमा संलग्न व्यक्ति रहेको प्रहरीले जनाएको छ ।उनीहरूबाट प्रहरीले एक थान पेस्तोल, त्यसको म्यागजिन र १५ राउण्ड गोली बरामद गरेको छ ।पक्राउ परेकाहरू विरुद्ध हातहतियार तथा खरखजनाको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web