राष्ट्रपति पौडेल अस्पतालमा भर्ना


  • दिव्यदर्शन
  • शनिबार, असोज २५ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं, असोज २५ – राष्ट्रपति रामचन्द्र पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलका अनुसार राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। स्वास्थ्य परीक्षणका लागि उहाँलाई शनिबार अस्पताल भर्ना गरिएको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

“राष्ट्रपतिज्यूको स्वास्थ्य परीक्षण भईरहेको छ, हाल स्वास्थ्यमा गम्भीर कुनै जटिलता देखिएको छैन”, निर्देशक गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसअघि पनि राष्ट्रपति पौडेल समय-समयमा स्वास्थ्य परीक्षणका लागि अस्पताल गइरहनु भएको थियो। यसपटकको स्वास्थ्य परीक्षण नियमित प्रकृतिको भएको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web