रुवीभ्याली ५ र ६ मा आवतजावत अवरोध, सुख्खा पहिरोले स्थित झोलुङ्गे पुल क्षति


  • दिव्यदर्शन
  • बिहिबार, असोज ९ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट


धादिङ । रुवीभ्याली गाउँपालिकाको वडा नं ५ र ६ का स्थानीयवासी दैनिक सयौंको संख्यामा आवतजावत गर्ने मुख्य बाटो अवरुद्ध भएको छ। रुवीभ्याली–४ र ६ को बीचमा पर्ने आखुखोलामा निरन्तर सुख्खा पहिरो खसिरहेकाले बाटो अवरुद्ध हुनुका साथै झोलुङ्गे पुल समेत क्षतिग्रस्त भएको छ।

चाडपर्व नजिकिएकाले आवतजावत गर्ने यात्रु तथा स्थानीयवासीलाई ठूलो असुविधा भएको छ। तत्काल बाटो सफा गर्ने र पुल मर्मत गर्ने कार्यमा ढिलाइ भए ठूलो मानवीय क्षति हुने सम्भावना रहेको स्थानियवासीले बताएका छन्।

यस विषयमा स्थानीय सरकार, वडा र पालिका प्रमुखहरूको तत्काल ध्यानाकर्षण गराइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web