भोलि नेपाली कांग्रेस धादिङद्वारा संविधान दिवस विशेष कार्यक्रम आयोजना गर्ने


  • दिव्यदर्शन
  • बिहिबार, असोज २ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङले संविधान दिवस २०८२ को अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनलाई मुख्य एजेन्डा बनाउँदै कार्यक्रम असोज ३ गते (शुक्रबार) दिउँसो ११:३० बजे धादिङबेसीस्थित बीपी स्मृति भवनमा आयोजना गरिनेछ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्र तथा प्रदेश सदस्यहरू, प्रदेश सभा सदस्यहरू, महासमिति सदस्यहरू, जिल्ला कार्यसमिति पदाधिकारी, महाधिवेशन प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरू, क्रियाशील सदस्य, बुद्धिजीवी, व्यवसायी, सञ्चारकर्मी तथा अन्य शुभेच्छुकहरूको व्यापक उपस्थिति रहने आयोजक समितिले जनाएको छ।

नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले संविधान दिवसको अवसरमा लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक अधिकार तथा सामाजिक समावेशिताको सन्देश फैलाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

कार्यक्रममार्फत संविधानप्रति जनस्तरमा विश्वास अभिवृद्धि गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web