धादिङको धुनिवेशी–५ फुलौरे स्थित धार्के सितापाईला सडकखण्डमा मङ्गलबार दिउँसो अर्को दुर्घटना घटेको छ। काठमाण्डौबाट धार्के तर्फ गइरहेको बा.प्र.०१–०२५ च ९४८९ नं. को हात्ति गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको घाइते हुने घटना भएको हो।
दुर्घटनामा परी घाइते हुने व्यक्तिको पहिचान राईगाउँ बस्ने अन्दाजी ३२/३३ वर्षका बिक्कि तामाङको रूपमा भएको छ। दुर्घटनामा तामाङको टाउको र दाहिने कोखामा चोट लागेको छ। उनलाई प्राथमिक उपचारपछि काठमाण्डौ पठाइएको छ, जहाँ थप उपचार हुने जनाइएको छ।
घटनामा संलग्न हात्ति गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। घटना पछि प्रहरी चौकी जिवनपुरले उक्त गाडी र चालक नियन्त्रणमा रहेको जानकारी दिएको छ।
पछिल्लो समय उक्त सडकखण्डमा दुर्घटनाको संख्या बढ्दै गएको छ, जसले स्थानीय बासिन्दा र यात्रीहरूबीच चिन्ता र डर बढाएको छ। यसअघि पनि त्यही क्षेत्रमा विभिन्न दुर्घटनाहरू घटेका थिए, जसका कारण सड़क सुरक्षामा सुधारको आवश्यकता प्रकट भएको छ।
सडक दुर्घटनाको न्यूनीकरणका लागि तिव्र सुरक्षा उपायहरू अपनाउनुपर्ने आवश्यकता विशेषगरी स्थानीय प्रशासन र यातायात विभागबाट व्यक्त गरिएको छ। सडक प्रयोगकर्ताहरूलाई समेत सर्तकता अपनाउन आग्रह गरिएको छ।
