धादिङमा योग खेलकुद संघको नयाँ नेतृत्व चयन, अध्यक्षमा गोविन्द श्रेष्ठ


  • दिव्यदर्शन
  • आइतबार, साउन ५ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ,

धादिङ जिल्ला योग खेलकुद संघले नयाँ नेतृत्व चयन गरेको छ। बागमती प्रदेश योग खेलकुद संघको आयोजनामा धादिङबेशीमा सम्पन्न प्रथम साधारण सभाले गोविन्द कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो।

नवगठित कार्यसमिति यस प्रकार छ:

  • अध्यक्ष: गोविन्द कुमार श्रेष्ठ
  • उपाध्यक्ष: जयन्ती रेग्मी, सन्दीपप्रसाद घिमिरे
  • सचिव: रामकुमार श्रेष्ठ
  • सह–सचिव: यमबहादुर श्रेष्ठ
  • कोषाध्यक्ष: चित्रबहादुर श्रेष्ठ
  • सदस्यहरू: कुमार बहादुर बुढाथोकी, पदमबहादुर तामाङ, हरिशंकर गिदेल, चमेली बगाले काप्री, बुद्धिबहादुर थापा, शंकर प्रसाद थपलिया, कमलादेवी श्रेष्ठ

त्यस्तै, प्रदेश प्रतिनिधिका रूपमा शंकर प्रसाद थपलिया (केशव) र कमलादेवी श्रेष्ठ चयन भएका छन्।कार्यक्रम बागमती प्रदेश योग खेलकुद संघका अध्यक्ष केदारनाथ बस्ताकोटीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ प्रमुख अतिथि थिए।कार्यक्रममा नेपाल योग खेलकुद संघ बागमती प्रदेशका महासचिव चुणामणि खरेल र ललितपुर जिल्ला योग संघ अध्यक्ष डिबि श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित थिए।प्रमुख अतिथि तामाङले आफ्नो मन्तव्यमा धादिङमा योग खेलकुदको सम्भावना र आवश्यकताबारे चर्चा गर्दै जिल्लामा योग खेललाई अन्य खेलकुद सरह सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web