बेनीघाटरोराङमा निशुल्क आँखा शिबिर,मोतियाबिन्दु हुने ४३ लाई भोलि काठमाडौं लगिने-DDTV


  • दिव्यदर्शन
  • सोमबार, जेष्ठ २७ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
बेनीघाट रोराङ गाउँपालिकामा निशुल्क आँखा जाँच शिबिर सञ्चालन गरिएको छ ।
गाउँपालिकाको आयोजना तथा दृष्टि आइ केयर कलंकीको प्राबिधिक सहयोगमा यहि जेठ २४ महादेबस्थान स्वास्थ्य चौकी,जेठ २५ गते सामुदायिक स्वास्थ्य इकाई स्यादुल र आज जेठ २६ गते जोगीमारा स्वास्थ्य चौकीमा संचालित आँखा शिबिरमा महिला १७६ र पुरुष १०६ गरी जम्मा २८२ जनाको आँखा परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश अर्यालले दिब्यदर्शन टि.भि.लाई जानकारी दिनुभयो ।

उक्त शिबिरमा औसधि तथा चस्मा बितरणका साथै मोतियाबिन्दु अप्रेसनको लागि ४३ जना छनौट गरिएको छ ।

छनौट भएका सेवाग्राहीहरुलाई भोलि जेठ २७ गते दृष्टि आइ केयर,काठमाडौ लगी निशुल्क अप्रेसन गर्ने सम्पुर्ण ब्यबस्था पालिकाले मिलाइएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web